• Breaking News

    Like Box

    Monday, March 20, 2017

    ओसामा बिन लादेन अझै जिउँदै रहेको खुलासा (अमेरिकी गुप्तचर एजेन्सीले जनाय अनुसार अमेरिकाले लुकाएर राखेको छ)

    अमेरिकी गुप्तचर एजेन्सी सीआइएका पूर्व कर्मचारी एडवर्न स्नोडेनले लादेन जिवितै रहेको दाबी गरेका छन् ।

    विश्वका नजरमा २०११ मा अमेरिकाको विशेष सुरक्षा बलको आक्रमणमा मारिएका अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदा प्रमुख बिन लादेन जिवितै भएको खबरले यतिखेर सनसनी मच्चाएको छ।



    मस्कोको ट्रिब्यूनलाई दिएको एक अन्तर्वातामा स्नोडेनले लादेन जिवितै रहेको र उनी हाल बहामसमा रहेको दाबी गरेका हुन्। अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार स्नोडेनले लादेन जिवित रहेको आफूसँग यथेष्ट प्रमाण रहेको दाबीसमेत गरेका छन्।
    ‘मसँग भएको दस्तावेजले लादेन जिवितै भएको पुष्टि हुन्छ। लादेनले अहिले पनि सीआइएबाट पैसा पाइरहेका छन्’, स्नोडेनले भने,’लादेनलाई अहिले पनि प्रति महिना एक लाख डलर सीआइएले उपलब्ध गराउँदै आएको छ।’ २०१३ मा अमेरिकाको जासुसी एजेन्सी सीआइएको जानकारी सार्वजनिक गरेको पछि स्नोडेन भगौडाको जिन्दगी बाँचिरहेका छन्।

    नी अहिले रुसको शरणमा रहेका छन्। यसअघि पनि उनले लादेन जिविै रहेको दाबी गर्दै आएका थिए। स्नोडेनले लादेनको मृत्युको कहानी सीआइएले पाकिस्तानी खुफिया एजेन्सी आइएसआइसँग मिलेर बनाएको आरोप लगाएका छन्। उनले लादेन र उनको परिवारलाई गोप्य रुपमाले बहामसको कुनै सुरक्षित स्थानमा पुर्याएको दाबी गरे।
    स्नोडेनले लादेन सीआइएको सबैभन्दा योग्य एजेन्ट भएको दाबीसमेत गरेका छन्। उनले यदि अमेरिकाको सिल कमाण्डोले लादेनलाई मारेको भए विश्वभर सीआइएको कामप्रति नकारात्मक सन्देश जाने र सीआइएको संगठनसमेत कमजोर हुने दाबी गरेका छन्।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel