नेपालको आफ्नो तयारीमा पनि त्यो निर्भर गर्ने हुनाले ब्यवस्थित तयारीसहित यसमा नेपाल अघि बढेमा मुलुकको विकास टाढा नभएको उनीहरुले बताए । ओवर सडक संजालमात्र होइन भन्ने बुझाउन नसक्नु नै आफूहरुको समस्या रहेको बताए ।
‘नेपाल जस्तो भूपेरिवेष्ठित मुलुकका लागि ओबर हितमा छ,’ नेपाल भ्रमणमा रहेको बौद्धिक समुहले एक दिने कार्यशालामा बिहीबार भने, ‘अबको विश्व ‘जिरो–सम’ कूटनीतिमा होइन । ‘विन–विन’ आर्थिक र विकास कूटनीतिमा अघि बढ्नेछ ।’
चीनले विश्व शान्ति र समृद्धिका लागि नै यो अभियान अघि बढाएको र उक्त अभियान राष्ट्रसंघ सुरक्षा परिषदबाट अघि बढेको भन्दै यसमा सहमत हुन हिचकिचावट गर्न नहुने चिनियाँ बौद्धिक समूहको सुझाव रहेको छ । चीन अध्ययन केन्द्रले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ विषयमा बिहीबार आयोजना गरेको कार्यक्रममा ओवरका चिनिया विज्ञ प्राध्यापक बाङ यिभले गरिबी र विकासका व्यवधान अन्त्य गर्न चिनियाँ राष्ट्रपति सीले अघि बढाएको धारणामा विश्वमा ५० भन्दा बढि देश सहमती जनाइसकेका जानकारी दिए ।
‘चीनले छिमेकबाट नै यो अभियाना अघि बढाउने हुनाले नेपालको साथ खोजेको छ । यसले नेपाललाई पनि हित गर्छ । ओवर भनेको सडक संजालमात्र होइन । रेल, सडक, लगानी, कूटनीतिक अन्तरक्रिया सबै विषय यसमा रहन्छ,’ उनले भने, ‘चीन र दक्षिण एसिया जोड्ने हवको रुपमा अघि बढेको नेपाल हेर्ने चाहना चीनको रहेको छ । यसमा नेपालले साथ दिनेछ ।’
बिहीबार अध्ययन केन्द्रले लगातार दुई कार्यक्रम गरेको थियो । पहिलो सत्रमा नेनमिन विश्वविद्यालयका प्राध्यापक र नेपालका बुद्धिजिवी तथा पूर्व राजदूतहरुको सहभागिता थियो । दोस्रोमा पत्रकारसंग अन्तरक्रिया गराउदै ओबरको विषयलाई स्पष्ट पार्ने पहल भएको थियो । ‘काठमाडौ पोस्ट’का प्रधानसम्पादक अखिलेश उपाध्यायले बेल्ट एन्ड रोड इनिसिएटिभले नेपाललाई हानी नगर्ने बताए ।
ओबरमा लामो बहस भइरहेको उल्लेख गर्दै उपाध्यायले यो विषय बुझाउन संचारमाध्यको पनि भूमिका रहन्छ । औपचारिक दस्तावेजमा नेपालसँगको प्राचिन सम्बन्ध, सीमापार व्यापार तथा ऊर्जा आपूर्तिजस्ता विषय उल्लेख भएकाले चीनको प्रस्तावित उक्त योजना कार्यावन्यनले नेपालको अहित नहुने उनले बताए । नेपाल लिंक मुलुकको रुपमा विकसित भएर जाने बुझाई पनि उनको छ ।
काठमाडाैं स्कुल अफ लका प्राध्यापक डा. युवराज संग्रौला, योजना आयोगका पूर्वअध्यक्ष प्राध्यापक डा. पिताम्बर शर्मा र पूर्व राजदूत डा. शम्भुराम सिम्खडाले ओबरको महत्वबारे नेपाली धारणा प्रस्तुत गरेका थिए । संग्रौलाले नेपाली मानसिकताको विषय उठाएका थिए भने डा. सिम्खडाले नेताहरु सबै विषयमा आफै जान्ने हुदा समस्या निम्तिएको बताएका थिए । डा. शर्माले ओबरको बुझाई गहिराई सम्म नुहुदा समस्या आएको र जन स्तरबाट यसमा पहल हुनुपर्ने बताउका थिए ।
पेकिङ युनिर्भसिटीका लान जीङछुले जल, स्थल र वायुमार्गबाट विश्वका सबै राष्ट्रलाई जोड्ने मात्र नभै तेल र ग्यासका ‘पाइपलाइन’ सँगै प्रविधी, दूरसंचार संजाल लगायत सबै खाले कनेक्टीभिटीमा र लगानी यसमा रहेको बताएका थिए । सहकार्य भएमा यस विश्वबाट नै अल्पविकाश र पछौटेपन मुक्त हुने पनि सुझाए । गरिबीबाट नै आतंकवाद सिर्जना हुने हुनाले यसमा समयमा ध्यान दिनुपर्ने सुझाए । कार्यक्रममा केन्द्रका कार्यबाहक अध्यक्ष सुन्दरनाथ भट्टराईले नेपालमा थप बुझाउन आवश्यक रहेको बताए ।
No comments:
Post a Comment