एमाले सांसद दुलारी देवीको बिहीबार राति निधन भएको छ ।
भारतको सितामडीमा भएको मोटरसाइकल दुर्घटनामा घाइते भई उपचाररत उनको राति पौने ९ बजे ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा निधन भएको हो । सर्लाही निवासी ४६ वर्षीया सांसद दुलारी देवी एमालेको समानुपातिक सांसद हुन् ।
एमाले सचिव योगेश भट्टराईले दुलारी देवीको पार्थिव शरीर शुक्रबार बिहान ८ बजेदेखि १० बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राख्ने जानकारी दिए ।
२०२७ साल वैशाख ३ गते सर्लाहीको ब्रम्हपुरीमा जन्मिएकी दुलारी देवीका श्रीमान् दुई छोरा र दुई छोरी छन् ।
२०५२ सालदेखि उनी एमालेका विभिन्न जनवर्गीय संगठनमा रहेर राजनीति गर्दै आएकी थिइन् ।
सांसद दुलारी देवीको निधन भएकोमा एमालेले शोक बक्तव्यमार्फत श्रद्धाञ्जलि अर्पण गरेको छ ।

No comments:
Post a Comment