• Breaking News

    Like Box

    Thursday, March 23, 2017

    चिनियाँ रक्षामन्त्री तीनदिने नेपाल भ्रमणमा


    रक्षामन्त्री बालकृष्ण खाँण चिनियाँ समकक्षी जनरल चाङ वानक्वानलाई स्वागत गर्दै । तस्विर: प्रताप थापा/कान्तिपुर ।


    चैत्र १०, २०७३- चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । राससका अनुसार रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल नेपालको औपचारिक भ्रमणमा आएको हो ।

    उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा रक्षामन्त्री खाँण र सचिव श्रीधर सापकोटाले स्वागत गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चीनका रक्षामन्त्री चाङले प्रधानमन्त्री निवास बालुबाटारमा बिहीबार नै शिष्टाचार भेट गर्ने छन् । रक्षामन्त्री बालकृष्ण खाँण र चाङबीच पनि सिंहदरबारस्थित रक्षा मन्त्रालयमा बिहीबार नै भेटवार्ता हुनेछ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणका क्रममा उनले शुक्रबार दिउँसो राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार भेट गर्ने छन् । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिसँग रक्षामन्त्री चाङले शुक्रबार भेटवार्ता गर्ने छन् । रक्षामन्त्री चाङले वसन्तपुर क्षेत्रका क्षतिग्रस्त सम्पदाहरुको अवलोकनसमेत गर्ने छन् ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel